मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुमा प्रथम जिल्लास्तरिय खुल्ला डोरितान प्रतियोगिता हुने भएको छ । नेपाल डोरितान संघ जिल्ला कार्यसमिति कपिलवस्तुको आयोजनामा चैत्र २४ गते सो प्रतियोगिता हुन लागेको हो ।
बुद्धभूमि नगरपालिकाको खेल मैदानमा हुने प्रतियोगीताबारे बुधबार संघका अध्यक्ष मिनराज बेल्वासेले पत्रकार सम्मेलन गरेर जानकारी दिनुभएको थियो ।
प्रतियोगितामा प्रथम हुने टोली चैत्र २७, २८, २९ गते सुनसरीमा आयोजना हुने अन्तर्राष्ट्रिय खेलमा नेपालको प्रतिनिधित्व गर्ने अध्यक्ष बेल्वासेले बताउनुभयो ।
खेलमा पुरुष तर्फको एउटा टोलीमा ६०० केजी तौल हुनुपर्ने र महिला टोलीमा ४८० तौल बराबर हुनुपर्ने उल्लेख गरिएको छ ।
डोरितानको एक टिममा ८ जना खेलाडी, २ जना एक्सटा र एक एक जना टिम म्यानेजर र टिमकोच गरी १२ जना खेलाडी रहने व्यवस्था रहेको छ । सुनसरीमा हुने प्रतियोगितामा नेपाल, भारत, भुटान, श्रीलङ्का, अफगानिस्तान लगायतका देश बीच प्रतिस्र्पधा हुने छ ।
प्रतियोगितामा उत्कृष्टलाई प्रमाण पत्र, ट्रफी, मेडल, शिल्ड सहित सम्मान गरिने आयोजकले जनाएको छ । जिल्लाका १० वटै स्थानीय तहबाट खेलाडिको सहभागिता रहने छ ।
पत्रकार सम्मेलनमा प्रमुख अथितिको आशनबाट बोल्दै बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले प्रतियोगीतामा आफुहरुको सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
कपिलवस्तु डोरितान संघका उपाध्यक्ष खुम बहादुर थापाको स्वागत रहेको कार्यक्रमको संचालन संस्थाका सदस्य कृष्ण प्रसाद भट्टराईले गर्नुभएको थियो ।
तस्बीर फाइल
प्रतिक्रिया