मायादेवी अनलाइन, चारनम्बर ।
आसन्न चैत्र २५ गते हुन लागेको नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस युनियन कपिलवस्तुले किरणमान बज्राचार्यलाई अध्यक्षको उम्मेद्वार बनाएको छ ।
बुधबार बसेको बैठकले युनियनका जिल्ला उपाध्यक्ष बज्राचार्यको नेतृत्वमा महासंघको निर्वाचनमा जाने निर्णय गरिएको हो ।
बैठकले अन्य संगठनलाई समेत सहमतिमा आउन आव्हान गरेको युनियनका जिल्ला सभापति गोपाल भण्डारीले जानकारी दिनुभयो ।
महासंघ कपिलवस्तुको निर्वाचनबाट महासंघको साझा र सर्वसम्मतको लागि सवै कृयाशिल संघ संगठनहरुको प्रतिनिधित्वको सुनिश्चितताको पहल गर्दै अन्य संगठनलाई पनि यो अभियानमा सहमती जनाउन आव्हान गरिएको युनियनले जनाएको छ ।
प्रतिक्रिया