मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुमा ४ किलो लागु औषध चरेस सहित एक महिला पक्राउ परेकी छन् । यहि फागुन २९ गते जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ कृष्णनगर बसपार्क देखी भारत तर्फ जादै गरेकी पैदल यात्रीको साथ बाट उक्त चरेस बरामद गरिएको हो । रोल्पाको परिवर्तित गाउपालिका वडा नं २ राङ्सी बस्ने बर्ष ३४ की पुर्णिमा घर्तिमगर लाई खानतलास गर्दा उनको साथबाट सुरवालमा लुकाई छिपाई प्लाष्टिकले बेरी राखेको अबस्थामा ८ प्याकेट चरेस बरामद गरिएको इलाका प्रहरी कार्यलय कृष्णनगरले जनाएको छ । पक्राउ परेकी घर्तीलाई इलाका प्रहरी कार्यलय कृष्णनगर ल्याई लागुऔषध मुद्दामा म्याद थप गरि थप अनुसन्धान कार्य भइरहेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
३ चैत्र २०७७ मंगलबार ००:००
1k
Shares
प्रतिक्रिया