काठमाडौं ।
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमको अभियानको नाम पनि फेरिएको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी नेकपा एकता प्रक्रिया भंग गरेपछि गौतमले अभियानको नाम पनि फेरेका छन् ।
गौतमले आफ्नो अभियानको नाम नेपाल कम्युनिस्ट पार्टी एमाले एकता राष्ट्रिय अभियान बनाएका छन् । यसअघि नेपाल कम्युनिस्ट पार्टी नेकपा राष्ट्रिय एकता अभियान बनाएका थिए ।
अदालतको फैसलासँग उनको अभियानको नाम पनि एमाले बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भंग गरेपछि नेकपा विभाजित भएको थियो ।
विभाजित नेकपाको कतै पनि नलागेका गौतमले पार्टी एकता गराएरै छोड्ने उद्घोष सहित छुट्टै अभियान शुरु गरेका छन् ।
३ चैत्र २०७७ मंगलबार ००:००
120
Shares
प्रतिक्रिया