काठमाडौं ।
प्रतिनिधिसभाले संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले यादवको निधनमा दुख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । स्वर्गीय यादव २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।
पूर्वखानेपानी तथा सरसफाइ राज्यमन्त्री समेत रहेका यादवको ७५ वर्षको उमेरमा गत माघ १ गते निधन भएको थियो । शोक प्रस्ताव पारित गर्नुअघि सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावलि २०७५ को नियम १० को उपनियम १ बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सांसदरू डिला संग्रौला पन्त, मान बहादुर विश्वकर्मा, राधा कुमारी ज्ञवाली, रेखा शर्मा, रेणु कुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डे मनोनयन गरेको जानकारी गराएका थिए । अर्को बैठक चैत ६ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।
प्रतिक्रिया