गुल्मी ।
विद्यालयमा विद्यार्थीहरुलाई सिकाइ सहजीकरण गर्ने माध्यमहरु धेरै छन् । तर, गुल्मी सदरमुकाम तम्घासस्थित गण्डकी इङ्लिस बोर्डिङ् स्कुलले विद्यार्थीलाई नृत्यमार्फत आकर्षित गर्ने गरेको छ ।
नृत्यमार्फत विद्यार्थीलाई पढाइप्रति आकर्षण गर्दा पढाइमा राम्रो प्रभाव परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुरप्रसाद पाण्डेले बताए । विद्यालयले यो शैलीलाई निरन्तरता दिने उनले बताए ।
अभिभावकहरुले पनि नृत्यमार्फत विद्यार्थीको पढाइमा आकर्षण बढेको बताउने गरेका छन् ।
विद्यालयले हरेक दिन २५ मिनेटसम्म विद्यार्थीलाई नृत्य तथा अन्य क्रियाकलाप सिकाउने गरेको छ ।
यो विद्यालयले कक्षा आठमा २०६२ साल देखि ०७१ सम्म जिल्ला प्रथम भएको थियो । त्यस्तै २०७३ सालमा कक्षा दशमा गूल्मी जिल्ला दोस्रो हुन सफल भएको थियो ।
विद्यालयले विद्यार्थीहरुलाई विभिन्न समयमा योगा कक्षासमेत संचालन गरेको छ ।
३ चैत्र २०७७ मंगलबार ००:००
264
Shares
प्रतिक्रिया