एजेन्सी ।
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले हुएस्कामाथि सानदार जित निकालेको छ । सोमबार राति बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले हुएस्कामाथि ४–१ को जित निकालेको हो ।
खेलको १३औँ मिनेटमै गोल गर्दै कप्तान लियोनेल मेस्सीले बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यस्तै ३५औँ मिनेटमा एन्टोइन ग्रिजमनले गोल गरेपछि खेल २–० को अवस्थामा पुग्यो ।
पहिलो हाफको इन्जुरी समयमा हुएस्काका राफा मिरले गोल गर्दै खेललाई २–१ को स्थितिमा पु¥याए ।
५३औँ मिनेटमा बार्सिलोनाका ओस्कार मिनगुइजाले गोल गर्दै ३–१ को स्थितिमा पु¥याएको खेलमा ९०औँ मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल ४–१ को अवस्थामा पुगेको हो ।
जितसँगै २७ खेलबाट ५९ अंक बटुलेको बार्सिलोना दोस्रो स्थानमा छ । हुएस्का भने अंक तालिकाको पुछारमा छ ।
प्रतिक्रिया