९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

केही दिनका लागि माओवादी केन्द्रको बैठक स्थगित



काठमाडौं ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा २० नेताहरुले बोलेका छन् ।

अब सरकार निर्माणबारे अन्य दलसँग वार्ता गर्नुपर्ने र नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा जानुपर्ने भएकाले बैठक केही दिन नबस्ने नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताउनुभयो । अब नेताहरु पूर्व जिम्मेवारी अनुसार जिल्ला जिल्लामा जानेछन् ।

प्रकाशित मिति : २ चैत्र २०७७ सोमबार ००:००  ३ : ३४ बजे