काठमाडौं ।
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पनि आफ्नो समूहको बैठक बोलाउनुभएको छ । अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरुको बैठकबाट एमालेका सवै पदाधिकारी खारेज गरेपछि उपाध्यक्ष गौतमले बैठक बोलाउनुभएको हो ।
गौतमले ओलीको कदमप्रति आपत्ति जनाउँदै सच्याउनुपर्ने अडान लिनुभएको छ । ‘पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे निर्णय लिन बैठक बोलाइएको हो’, गौतम निकट नेता बाबुराम थापाले बताउनुभयो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि गौतमले शुरु गरेको राष्ट्रिय एकता अभियानका थापा सचिव हुनुहुन्छ । विभाजित नेकपालाई एक बनाउन गौतमले अभियान चलाइरहेका बेला सर्वोच्च अदालतले भने नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएको छ ।
प्रतिक्रिया