९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

किन उठ्यो कोरोना खोपमाथि शंका, खोपको ‘साइड इफेक्ट’को हल्ला के हो ?



एजेन्सी ।
डेनमार्क, नर्वे, इटाली, एस्टोनिया, लातभिया, लिथुआनिया, लक्जेम्बर्ग, अस्ट्रिया, थाइल्याण्डले कोरोना भाइरसविरुद्ध बनेको एस्ट्राजेनेकाको खोपमाथि रोक लगाए। उक्त खोप लगाएका व्यक्तिहरुमा रगत जमेको पाइएपछि खोपलाई अस्थायी रुपमा रोक लगाएको तीन देशहरुले जनाएका थिए।

अहिले विश्वका धेरै देशहरुमा कोरोना भाइरसविरुद्ध बनेको एस्ट्राजेनेकाको खोप प्रयोग भइरहेको छ। एस्ट्रजेनिकाको ‘कोभिशिल्ड’ खोप नेपालमा पनि प्रयोग भइरहेको छ। यो खोपलाई लिएर विभिन्न प्रश्नहरु उठिरहेका छन्। खोपप्रति शंका उपशंका गर्न थालिएको छ।

नेपालमा कोरोना भाइरसविरुद्ध लगाउन सुरु गरिएको खोपको अहिले दोस्रो चरण सञ्चालन भइरहेको छ।खोप लगाइसकेपछि हुनसक्ने साइड इफेक्टका बारेमा अनुसन्धान पनि भइरहेका छन्।

यूरोपियन मेडिसिन एजेन्सीले भने एस्ट्राजेनेकाकै खोपले मानिसहरु बिरामी पर्नुका साथै उनीहरुमा रगत जम्ने समस्या देखिएको हो भन्ने कुनै पनि संकेत अहिलेसम्म नपाइएको मिलेको दाबी गर्दै आएको छ।

हालसम्म ५० लाखभन्दा बढी युरोपेली नागरिकले यो खोप लगाइसकेका छन्। तीमध्ये ३० जनामा रगत जम्ने समस्या देखिएको बताइएको छ। यस्तै गएको सोमबार अस्ट्रियामा खोप लगाएकी ४९ वर्षीया नर्सको मृत्यु भयो।

मृत्युपछि आएको रिपोर्टमा केही दिनअघि नर्सको मृत्यु हुँदा रगत जमेको कारण भएको पुष्टि भनिएको थियो।‘खोपकै कारण यी समस्या आएका हुन् भन्ने हाल कुनै संकेत प्राप्त भएको छैन। खोपको साइड इफेक्टमा यी सूचीकृत छैनन्’, युरोपेली मेडिसिन्स एजेन्सीले भनेको छ।

यसरी फैलिरहेका हल्लाले नेपालमा सञ्चालन भइरहेको खोप अभियानमा असर देखिन सक्ने डा। बाबुराम मरासिनीले बताए। उनले भने,‘अहिले चलिरहेको हल्लाको असर केही रुपमा नेपालमा देखिन सक्छ। यहाँ हल्लाको पछाडि लाग्ने मानिसहरुको जमात धेरै छ।’

उनका अनुसार खोपकै कारण रगत जमेको भन्नुको पछाडि कुनै वैज्ञानिक कारण छैन। खोप लगाइसकेपछि जीउमा डाबरै डाबर आयो र मृत्यु भयो भने एलर्जीका कारण भयो भन्नु पर्छ।

‘यो ‘कोइन्सिडेन्ट’ हुन सक्छ। खोप लगाइसकेपछि रगत जम्ने समस्या नेपालमा देखिएको छैन। यो समस्या यूरोप, अमेरिकामा धेरै देखिएको छ। वैज्ञानिक हिसाबले नै खोप र रगत जम्नेको के हो भनेर पत्ता लगाउन असाध्यै गाह्रो छ’, डा। मरासिनीले भने, ‘नेपालमा अहिलेसम्म लाखौँ डोज लगाइसकेको छ। तर कुनै पनि असर देखिएको छैन। सुरक्षित हुनका लागि खोप अनिवार्य छ।’

यस्तै शुक्रबार विश्व स्वास्थ्य संगठनले खोपका कारण ‘ब्लड क्लट’ बन्ने प्रमाण नभेएिको बताएको छ। विश्व स्वास्थ्य संगठनले खोपका कारण रगत नजमेको भन्दै खोप अभियान नरोक्न आग्रह गरेको छ।

प्रकाशित मिति : २ चैत्र २०७७ सोमबार ००:००  ६ : ३१ बजे