९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कोहली र किशनको अर्धशतकमा भारतले इंग्ल्यान्डलाई हरायो



एजेन्सी ।

घरेलु टिम भारतले दोस्रो टी(ट्वान्टी क्रिकेटमा इंग्ल्यान्डलाई पराजित गरेको छ ।अहमदाबादमा आइतबार राति भएको खेलमा भारतले इंग्ल्यान्डलाई ७ विकेटले पराजित गरेको हो ।इंग्ल्यान्डले दिएको १ सय ६५ रनको लक्ष्य भारतले १७ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।भारतको जितमा डेब्यु खेलाडी इशान किशन र कप्तान विराट कोहलीले अर्धशतकीय इनिङ्स खेले ।

डेब्यु खेलमै अर्धशतक बनाएका किशनले ३२ बलमा ५ चौका र ४ छक्कासहित ५६ रन बनाए ।कप्तान कोहली ७३ रनमा अविजित रहे । उनले ४९ बलमा ५ चौका र ३ छक्का प्रहार गरे ।यस्तै ऋषव पन्तले २६ रन जोड्दा केएल राहुल सुन्य रनमा आउट भए ।श्रेयस एयरले अविजित ८ रन बनाए ।

इंग्ल्यान्डका साम करण, आदील राशिद र क्रिस जोर्डनले १र१ विकेट लिए ।यस अघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।इंग्ल्यान्डका जासन रोयले सर्वाधिक ४८ रन बनाए । कप्तान इयान मोर्गन २८ रनमा आउट भए ।बेन स्टोक्स र डाविड मालनले समान २४र२४ रन बनाउँदा जोनी बेयर्स्टोले २० रन बनाए ।

भारतका सार्दुल ठाकुर र वासिङ्गटन सुन्दरले २र२ विकेट लिए । युजभेन्द्र चाहल र भुवनेश्वर कुमारले १र१ विकेट लिए ।यस जितसँगै भारतले ५ खेलको सिरिजमा १(१ को बराबरी गरेको छ ।पहिलो खेलमा इंग्ल्यान्ड ८ विकेटले विजयी भएको थियो ।

प्रकाशित मिति : २ चैत्र २०७७ सोमबार ००:००  ६ : १७ बजे