९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

सिरहा बम विस्फोटः तराई मुक्ति मोर्चाको पर्चा भेटियो



काठमाडौं ।
सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विष्फोट तराई मुक्ति मोर्चाले गराएको खुलेको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवका अनुसार बम विस्फोट भएको ठाउँमा तराई मुक्ति मोर्चाको पर्चा फेला परेको र त्यसको बारेमा थप अनुसन्धान भइरहेको छ ।
मालपोत कार्यालयको दोस्रो तलामा अज्ञात समूहले बम विष्फोट गराएको प्रदेश–२ प्रहरी कार्यालयका डीआईजी धीरजप्रताप सिंहले रातोपाटीलाई बताए । विष्फोटमा परेर नायव सुब्बा शिवकुमार यादव गम्भिर घाइते भएका छन् । अरु दुईजना सामान्य घाइते छन् । घाइतेको लाहान अस्पतालमा उपचार भइरहेको छ ।
विष्फोट गराउनेहरूको खोजी भइरहेको डीआईजी सिंहले बताए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट प्रेसर कुकर बम विष्फोट गराएको थाहा भएको छ । बम विस्फोटबाट घाइते भएका एक जनाको अवस्था चिन्ताजनक रहेको र घाइतेलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७७ आइतबार ००:००  ३ : २८ बजे