दाङ ।
तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा आइसियू भवन निर्माणको काम सुरू भएको छ । शनिबार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले आइसियू भवनको सिलान्यास गरेका हुन् ।
तुलसीपुका सबइन्जिनियर महेश भण्डारीले ६ देखि ८ बेडसम्मको आइसियू कक्ष निर्माण हुन लागेको जानकारी दिए । जसका लागि कुल लागत ३१ लाख ४७ हजार ३ सय ९६ रुपैयाँ लागत इष्टिमेट गरिएकोमा ठेकेदार कम्पिनीसँग २१ लाख ४४ हजार ५ सय ७५ रुपैयाँमा सम्झौता भएको भण्डारीले बताए ।
आइसियू भवन निर्माणको जिम्मा दाङ घोराहीकै ओसिस कन्स्ट्रक्सन निर्माण कम्पनीले लिएको छ । फागुन ९ गते सम्झौता भएको आइसियू भवन निर्माणको कायम आउने जेठ अन्तिमसम्म सक्नुपर्ने उल्लेख छ । भवन सिलान्यासपछि सम्बोधन गर्दै पाण्डेले आफू निर्वाचित भएर आइसकेपछि तुलसीपुर क्षेत्रको स्वास्थ्यमा परिवर्तनको सुरूआत गरेको दाबी गरे।
प्रतिक्रिया