९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

एमाले लुम्बिनी प्रदेशको इन्चार्जमा ज्ञवाली



बुटवल ।
नेकपा एमालेको माधवकुमार नेपाल पक्षले विभिन्न शिर्ष नेतालाई जिम्मेवारी दिएको छ । नेपाल पक्षको शनिबार बसेको केन्द्रीय कमिटीको बैठकले नेताहरुलाई विभिन्न जिम्मेवारी बाँडफाँड गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नेपाल पक्षलाई थाहै नदिइ जिम्मेवारी खोस्ने निर्णय गरेपछि शनिबार प्रदेश र विभागको जिम्मेवारी तोकेको हो।

जस अनुसार पार्टीको लुम्बिनी प्रदेश इन्चार्जको जिम्मेवारी युवराज ज्ञवालीलाई दिइएको छ। ज्ञवालीले कर्णाली प्रदेश पनि हेर्ने छन्। त्यसै गरी नेपाल पक्षले प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा सुरेन्द्र पाण्डे र सुदूर पश्चिम प्रदेशमा भीम रावललाई पार्टी कामको संयोजन गर्ने जिम्मेवारी दिएको हो।

त्यस्तै महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्य, प्रचारको योगेश भट्टराई, विद्यार्थीको गोकर्ण विष्ट, युवाको रघुजी पन्त र बुद्धिजीवीको संयोजन गर्ने जिम्मा प्रमेश हमाल दिइएको छ।

प्रकाशित मिति : १ चैत्र २०७७ आइतबार ००:००  ७ : ४९ बजे