काठमाण्डौँ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठकले प्रदेशसभामा पार्टीबाट प्रतिनिधित्व गर्ने सदस्यलाई अविश्वासको प्रस्तावबाट हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ ।
शुक्रबार बसेको बैठकले प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावबाट हस्ताक्षर फिर्ता लिनका लागि प्रदेश सांसदलाई निर्देशन दिएको हो ।
प्रवक्ता प्रदीप ज्ञवालीले जारी गरेको विपज्ञप्तिमा भनिएको छ, बैठकले प्रदेशसभामा पार्टीबाट प्रतिनिधित्व गर्ने सदस्यहरूलाई पार्टी निर्णयानुरूप संचालित हुन र अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भए फिर्ता लिन निर्देशित गरेको छ ।
बैठकले प्रदेशसभामा संदीय दलका नेताहरूलाई आफ्ना सदस्यहरूलाई अनुशासित र एकताबद्ध भएर परिचालित गर्न आह्वान गरेको छ ।
प्रतिक्रिया