९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

भुषालले भने–ओलीले एमाले पनि सिध्याउन लागे, मूर्खतापूर्ण निर्णय कदापी मान्दैनौँ



काठमाण्डौँ ।
नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले महाधिवेशनबाट निर्वाचित महासचिव बाहेकका पदाधिकारी हटाउने र माधवकुमार नेपाल पक्षीय नेताहरुको जिम्मेवारी खोस्ने अध्यक्ष केपी शर्मा ओलीको निर्णयलाई मुर्खतापूर्ण कदम भनेका छन् ।ओलीले आफ्नो पक्षका नेताहरुको बैठक राखेर दशौं महाधिवेशनको मिति तोक्नुका साथै महासचिव बाहेकका पदाधिकारी हटाएका छन् । उनले माधव नेपाल पक्षीय नेताहरुको जिम्मेवारी खोस्नुका साथै माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादल समूहका २२ नेतालाई केन्द्रीय सदस्य मनोनित गरेका छन् ।

यसबारे प्रतिक्रिया दिँदै माधव नेपाल पक्षीय नेता भुसालले ओलीको निर्णय कुनै हालतमा मान्य नहुने बताएका छन् ।यो कदमको राजनीतिक रुपमा भर्त्सना र निन्दा गर्नुका साथै कानूनी रुपमा च्यालेन्ज गर्ने भन्दै उनले भने, ‘सामान्यता ५० वर्ष अगाडि अफ्रिकी मुलुकहरुमा यस्तो हुन्थ्यो होला । हाम्रो मुलुकमा कुनै तानाशाहले पनि यो तहमा गरेको छैन ।’

स्थिर लोकतान्त्रिक विकासप्रति जगाएको विश्वासलाई बर्बाद पारेको भन्दै नेता भुसालले भने, ‘उहाँले दुई तिहाईको बहुमत र पार्टी एकता सक्नुभयो । संसदलाई हिँडाउन खोज्नुभयो । सक्नलाई एउटा मात्र बाँकी थियो, त्यो हिजोको पार्टी नेकपा एमाले ।’ एमाले स्थिर लोकतान्त्रिक विकासको कर्णाधार भएकाले ओलीले त्यसमाथि आक्रमण सुरु गरेको भुसालले बताए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७ शुक्रबार ००:००  ७ : ०७ बजे