काठमाडौं ।
फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत नेपालले खेल्ने बाँकी खेलहरु कुवेतमा आयोजना हुने भएको छ ।एसियन फुटबल कन्फडेरेसन ९एएफसी० ले शुक्रबार नेपालको समूह समूह ुबीु का खेलहरु कुवेतमा हुने जनाएको छ ।
कोरोना भाईरसको महामारीले गर्दा अन्तर्राष्ट्रिय यात्रामा भएको प्रतिबन्धका कारण छनोटका बाँकी खेलहरु न्युट्रल भेन्युमा गर्न लागिएको हो ।छनोटको बाँकी खेलहरु आगामी मे ३१ देखि जुन १५ सम्म हुनेछ ।छनोट अन्तर्गत अब नेपालले तीन खेल खेल्न बाँकी रहेको छ । यस अघि तीनै खेल नेपालले घरेलु मैदानमा खेल्ने तालिका रहेको थियो ।
नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेसँग खेल्न बाँकी रहेको छ ।समूह बी मा रहेको नेपालको ५ खेलबाट ३ अंक रहेको छ ।चाईनिज ताईपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ ।
छनोट अन्तर्गत समूह ए को बाँकी खेल चीन, समूह सीको बहराइन, समूह डी को साउदी अरेबिया, समूह ई को कतार, समूह एफु को जापान, समूह जीु को युएई र समूह एच दक्षिण कोरियामा हुनेछ ।
प्रतिक्रिया