९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मेघ गर्जन र चट्टयाङ्सहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह



काठमाडौँ ।
देशभर शुक्रबारको मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्सहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

शुक्रबार राति पनि देशभरी आंशिक देखि सामान्य बदली रहने छ । पहाडी भूभागका थोरै स्थानहरुमा राति पनि मेघ गर्जन र चट्टयाङ्सहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्टयाङ् र हाावाहुरिसहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

अहिले बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविद्ले जनाएका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७ शुक्रबार ००:००  ७ : ५३ बजे