मायादेवी अनलाइन, चारनम्बर ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले नमस्ते कपिलवस्तु बुद्धभूमि यातायात प्रालिको कार्यालय उद्घाटन गर्नु भएको छ । बाणगंगा नगरपालिका वडा नम्बर ७ कोइली वनगाईमा रिबन काटेर प्रालिको उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन गर्दै उहाँले यात्रुसंग असल व्यबहार गर्नुपर्ने र व्यवसायीलाई सकारात्मक दृष्टिकोणबाट हेरिनु पर्ने बताउनु भयो । गाडी चालक र सह चालकलाई पनि प्रशिक्षित गर्न सके यात्रु र चालकबीच सुमधुर सम्बन्ध रहने उहाँको भनाई छ ।
आन्तरिक तथा बाहय पर्यटकलाई आवागमन गराउने किसिमको सेवा सुविधा हुनुपर्ने भन्दै उहाँले यातायात प्रालिले सामाजिक कार्य तथा सचेतनामुलक काम गर्नु पर्ने पनि बताउनु भयो ।
हाल नमस्ते कपिलवस्तु बुद्धभूमि यातायात प्रालिले २ वटा गाडी संचालन गर्ने र पछि ७ वटासम्म गाडी संचालन गरिने प्रालिका अध्यक्ष कुमार खड्काले बताउनु भयो ।
कार्यक्रममा बुद्धभूमि नगरका मेयर केशव कुमार श्रेष्ठ, बाणगंगा यातायात व्यवसायी समितिका अध्यक्ष विष्णु न्यौपाने लगायतको सहभागिता थियो । कार्यक्रमको सहजिकरण पोस्टराज गौतमले गर्न भएको थियो । हाल प्रालिमा ५ जना संचालक रहेका छन् ।
प्रतिक्रिया