मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले आयोजना गरेको तेश्रो मेयर कपको उपाधि वडा नम्बर २ ले जितेको छ । प्रतियोगिताको उपाधि भीडन्तमा वडा नम्बर १ लाई ४–१ गोल अन्तरले स्तब्ध पार्दै २ ले लगातर दोश्रो पटक तेश्रो मेयर कपको उपाधि उचालेको हो ।
बुद्ध रंगशाला जितपुरमा विहीबार भएको निकै रोचक खेलमा वडा नम्बर २ लाई जिताउन जर्सी नम्बर ७ का खेलाडी वीक्रम थापाले २ तथा गोविन्द पालुङे र मिलन क्षेत्रीले एक-एक गोल गरे । पहिलो हाफको २६ औँ मिनेटमा मिलनले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यसको १० मिनेट पछि विपक्षीका कुर्नालले गोल गरेपछि खेल एक-एकको बराबरीमा गएको थियो । लगत्तै ४१ औँ मिनेटमा विक्रमले गोल गरेपछि हाफमा १ नम्बर वडा २–१ ले गोलले पछि पर्यो ।
प्रतिस्पर्धात्मक खेलको दोश्रो हाफमा २ नम्बर वडाले पुनः २ गोल थप्यो । ५१ औँ मिनेटमा विक्रमले व्यक्तिगत दोश्रो गोल गर्दा ५७ औँ मिनेटमा गोविन्दले थप एक गोल गरेपछि वडा नम्बर २ ले जित हासिल गर्यो । वडा नम्बर १ पहिलो संस्करणको विजेता हो ।
विजेता २ नम्बर वडाले नगद ९० हजार शिल्ड, मेडल र प्रमाण पत्र पायो भने उप-विजेता टोलीले ६० हजार शिल्ड मेडल र प्रमाण पत्र पाए । यस्तै सान्तवना स्वरुप वडा नम्ब्र ६ र १० ले पन्ध्र-पन्ध्र हजार पुरस्कार पाए । प्रतियोगिताको उत्कृष्ट खेलाडी भने १ का रोशन सने बने । समापनमा मेयर थारु, उप-मेयर चक्र अर्याल, निमित्त प्रशासकीय प्रमुख बाबुराम भट्टराई, वडा नम्बर २ का वडाध्यक्ष विष्णु पौडेल लगायतको सहभागिता थियो ।
पुरस्कार वितरण समारोह अघि बोल्दै प्रमुख अतिथि प्रदेश सांसद विष्णु पन्थीले खेलमा बाणगंगा जिल्लाकै हव भएको बताउनु भयो । पछिल्लो समय बिभिन्न राष्ट्रिय खेलहरु पनि नगरमा भएको भन्दै यस्ले नयाँ खेलाडी उत्पादनमा निकै टेवा पुगेको बताउनु भयो ।
क्रिकेटर सन्दिप लामिछानेको उदाहरण दिँदै सांसद पन्थीले खेलबाट मुद्रा आर्जन गर्न सकिने पनि बताउनु भयो । पहिलोको जस्तो अवस्था नभएको भन्दै उहाँले राम्रो खेलाडीले खेलबाटै भविष्य बनाउन सक्ने बताउनु भयो । प्रतियोगितामा दर्शकको पनि बाक्लो सहभागिता थियो ।
विधागत पुरस्कारमा कसले के पाए ?
रोसन सेनः प्लेयर अफ दि टुर्नामेन्ट (१)
आशिष राशकोटीः वेष्ट गोलकिपर (२)
भानिश्वर रेग्मीः वेष्ट डिफेन्स (२)
मिलन क्षेत्रीः वेष्ट विडफिल्डर (२)
गोविन्द पालुङगेः वेष्ट फरवार्ड (२)
विक्रम थापाः सर्वाधिक गोलकर्ता (२)
सुनिल रानाः राइजिङ प्लेयर (१०
शंकर कार्कीः वेष्ट कोच (२)
प्रतिक्रिया