९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

ज्ञानपुञ्जले जित्यो ‘ए वान क्वीज सिजन फोर’ नगरस्तरीय उपाधि



मायादेवी अनलाइन, चारनम्बर ।
ज्ञानपुञ्ज इंग्लिस बोर्डिङ स्कूलले ‘ए वान क्वीज सिजन फोर’ को वाणगंगा नगरस्तरीय उपाधि जितेको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. २ को राजपुरमा रहेको ज्ञानपुञ्जले वाणगंगा भित्रका मावि विद्यालयलाई पछाडी पार्दै नगर स्तरीय उपाधि जितेको हो ।

ए वान मिडिया सेन्टर कपिलवस्तुको आयोजना र वाणगंगा नगरपालिकाको सहयोगमा सञ्चालित नगरस्तरीय जिल्लाव्यापी हाजिरी जवाफ प्रतियोगीता बुधबार वाणगंगामा सम्पन्न भएको हो ।

प्रतियोगीतामा वाणगंगा मावि गजहेडाले द्धितिय स्थानको उपाधि जितेको छ । यस्तै सिद्धार्थ मावि बुङ्चीले तृतीय र पारिजात मावि बनागाईले सान्त्वना स्थानको उपाधि जितेको छ ।

वाणगंगामा प्रथम हुने ज्ञानपुञ्ज र द्धितीय हुने वाणगंगा मावि गजेहडा अब जिल्ला स्तरीय उपाधिको लागि अन्य नगरपालिकाका प्रतियोगीसंग उपाधिका लागि प्रतिस्पर्धा गर्ने ए वान मिडिया सेन्टरका अध्यक्ष दिपक अनुरागीले जानकारी दिनुभयो ।

प्रतियोगीताको उद्घाटन गर्दै वाणगंगा नगरपालिकाका नगर उप प्रमुख चक्रपाणी अर्यालले वाणगंगामा उपाधि जित्ने प्रतियोगीलाई अन्य नगरपालिकाका प्रतियोगीसंग प्रतिस्पर्धा गरी उपाधि जितेर नगरको गरिमा बढाउन शुभकामना दिनुभयो ।

वाणगंगाले विद्यार्थीको अन्तरनिहित क्षमता प्रष्फुटन गर्नका लागि विभिन्न अतिरिक्त क्रियाकलाप गर्दै आएको बताउँदै ए वान मिडियाले बर्षेनी गर्दै आएको यो प्रतियोगीता विद्यार्थीको लागि फलदायी भएको बताउनुभयो ।

No description available.

नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बाबुराम भट्टराईले विद्यार्थीले पढाईमा मात्र नभई अन्य क्षेत्रमा पनि अब्बल बन्नुपर्नेमा जोड दिनुभयो । नगर भित्रका मावि विद्यालयका विद्यार्थी बीच हुने यस्ता प्रकारका क्रियाकलापले विद्यार्थीको पढाईमा थप सहयोग पुग्ने बताउनुभयो । ए वान क्वीज सिजन फोरमा प्रतिस्पर्धी गरेर नगरको उपाधि जित्ने विद्यालयले सिंगो जिल्ला भित्र उपाधि जितेर नगरको गौरब बढाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

No description available.

शाखा अधिकृत खिम बहादुर जिसीले नगरपालिकाले गुणस्तरीय शिक्षाका लागि विभिन्न काम गर्दै आएको भन्दै अतिरिक्त क्रियाकलापले थप शैक्षिक सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । ए वान क्वीजले विद्यार्थीमा हाजिरी जवाफ प्रतिको मोह बढाएको उहाँले बताउनुभयो ।

May be an image of 11 people, including Khim Bdr Gc, Pitambar Adhikari, Narayan Poudel and दिपक अनुरागी and people standing

ए वान मिडिया सेन्टरका अध्यक्ष दिपक अनुरागीको अध्यक्षतामा भएको कार्यक्रममा ज्ञानपुञ्ज बोर्डिङ स्कूलका प्रबन्ध निर्देशक रोमकान्त घिमिरे, सिद्धार्थ मावि बुङ्चीका सहायक प्रअ टिकाराम भुसाल, सगरमाथा इंग्लिस बोर्डिङ स्कूलका नविन भट्टराई लगायतले बोल्दै ए वान क्वीजको उपाधि जित्न प्रतियोगीलाई शुभकामना दिनुभएको थियो ।

कार्यक्रमको सहजिकरण ए वान मिडिया सेन्टरका क्वीज मास्टर चन्द्रकान्त न्यौपानेले गर्नुभएको थियो ।

No description available.

प्रकाशित मिति : २६ फाल्गुन २०७७ बुधबार ००:००  ८ : ०२ बजे