काठमाडौँ ।
सुनको मूल्य बुधबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर ८६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार सुनको छापावाला सुनको मूल्य तोलाको ८५ हजार ६ सय रुपैयाँ थियो।
तेजाबी सुनको मूल्य तोलाको ६ सय रुपैयाँले बढेर ८५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया