काठमाडौँ ।
नेकपा माओवादी केन्द्रको स्थायी कमिटिको बैठक पार्टी कार्यालय पेरिडाँडामा जारी छ । बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल केन्द्रित छ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन, नयाँ सत्ता समिकरण, पार्टीको भावी रणनीतिसहितका विषयमा छलफल हुनेछ ।
बुधबार दिउँसो १ बजे संसदको बैठक बस्दैछ । सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्रको एकता भंग गरेसँगै रणनीतिक छलफलका लागि माओवादी केन्द्रको स्थायी कमिटि बैठक बसेको हो ।
प्रतिक्रिया