काठमाडौँ ।
निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र औपचारिक रुपमा अलग पार्टी रहेको पत्र संसद सचिवालयमा पठाएको छ । आयोगको सो पत्र सचिवालयमा दर्ता भएको हो ।
एमाले र माओवादी केन्द्र औपचारिक रुपमा विभाजित रहेको जानकारी आयोगले गराए पनि दुवै दलका सांसद भने सत्ता पक्षकै लहरमा बस्ने छ ।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नगरेका कारण भिन्दै लहर बनाउनु नपरेको हो । सर्वोच्च अदालतको फैसला अनुसार निर्वाचन आयोगले मंगलबार नेकपा एमाले र माओवादी केन्द्र अलग(अलग भएको निणर्य गरेको थियो ।
गएको आइतबार सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको पार्टी एकीकरण बदर गरेको थियो ।
प्रतिक्रिया