मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकामा रहेको लुम्बिनी लर्निङ सेन्टर प्रालिले मृगौला पिडित सन्तोष गैरेलाई आर्थिक सहयोग गरेको छ । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर १० स्थाइ घर भएका गैरेलाई सेन्टरले ५ हजार २५ रुपैया प्रदान गरेको हो । २४ वर्षिय गैरेको दुबै मृगौला फेल भएको हजुरबुबा डिलाराम गैरेले जानकारी दिनुभयो ।
सन्तोषको हाल गौतमबुद्ध मुटु अस्पताल रुपन्देहीमा उपचार जारी छ । दुबै मृगौला फेल भएकाले मृगौला प्रत्यारोपण गर्नुपर्ने र पारिवारको आर्थिक अवस्था पनि अत्यन्त न्यून भएकाले गैरेलाई आर्थिक सहयोग गरेको लुम्बिनी लर्निङ सेन्टरका प्रबन्ध निर्देशक असिम क्षेत्रीले बताउनुभयो ।
आफुले प्रदान गरेको रकमले पिडित परिवारलाई केहि भएपनि सहयोग मिल्ने भन्दै समस्यामा परेका बेला सहयोग गरी मानवीय धर्म निभाउनुपर्ने बताउनुभयो । सानो सहयोगले पनि मृगौला प्रत्यारोपणमा सहज हुने भन्दै सबैजनालाई आफुसक्दो सहयोग गर्नपनि परिवारले आग्रह गरेको छ ।
२६ फाल्गुन २०७७ बुधबार ००:००
212
Shares
प्रतिक्रिया