मायादेवी अनलाइन, चारनम्बर ।
जन्मदर्ताका लागिः–
१ बाबु आमाको नेपालि नागरिकताको प्रतिलिपि, बाबु वा आमा स्वयं
२ स्वास्थ्य संस्था वा अस्पतालमा जन्म भएको उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन
३ घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण
४ अस्पताल वा खोपको प्रमाण नभएमा जन्म दर्ता नभएमा जन्म दर्ता गर्नुपर्ने व्यक्ति स्वयंको उपस्थिति गराउने वा सम्वन्धित वडाबाट जन्म दर्ता गर्नु पर्ने व्यक्तिको जन्म प्रमाणीत गरेको कागज
५ विदेश भएमा बाबु, आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित स्थानिय तहको वडामा बसोबास रहेको प्रमाण पत्र
६ भारतीय भएमा भारतीय नागरिकता भनी पहिचान खल्ने प्रमाण
७ बाबु बेपता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धमा प्रहरीको पत्र
विवाह दर्ताका लागि
१ दुलाहादुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२ कुनै एक जना विदेशमा रहेमा विदेश स्थित नेपाली राजदुतावासबाट प्रमाणित अधिकृत वारेसनामा
३ दुलाहा वा दुलही नभएमा अदालतबाट भएको नाता कायमको कागज
४ दुवै जनाको हालै खिचेको ३५/३५ मि।मि साईजको फोटो
मृत्यु दर्ताका लागि
१ मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि (नागरिकता बनेको भएमा)
२ सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३ विदेशी भएमा सूचक र मृतकको राहदानी प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण पत्र
बसाईसराई दर्ताका लागि
१ सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२ बसाई सराईको लागत हस्तान्तरण फारमको सक्कल प्रति
३ नागरिकता भएको भएमा नागरिकताको प्रतिलिपि नागरिकता नभएमा जन्म दर्ताको प्रतिलिपि
प्रतिक्रिया