मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुमा तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । कपिलवस्तु नगरपालिकाको बुद्धपद्धमा स्कुलको मैदानमासुरु भएको प्रतियोगिताको उद्घाटन भारतकालागि पूर्व राजदुत दिप कुमार उपाध्यायले गर्नुभएको हो । प्रतियोगितामा कपिलवस्तु नगरपालिका अन्तरगतका विभिन्न विद्यालय सहभागी छन् । प्रतियोगिताको उद्घाटन गर्दै पूर्व राजदुत उपाध्यायले यस प्रतियोगिताले लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउन मद्दत गर्ने भन्दै त्यस्ता प्रतिभालाई चिनेर उनिहरुलाई निरन्तर अभ्यास गराउनुपर्ने बताउनुभयो ।
हरेक ब्यक्तीमा केहि न केहि प्रतिभा लुकेको हुने भन्दै त्यसलाई चिनेर अगाडी बढे विश्वमा ठुलो मान्यता हुने बताउनुभयो । खेल भनेको हारजित भन्दापनि निरन्तर अभ्यास गर्दै जाने कुरा भएको भन्दै खेलकै माध्यमबाट ब्यक्ती विद्यालय समाज हुदै राष्ट्रको नाम चिनाउन सक्नुपर्ने बताउनुभयो ।
यसैगरी उपाध्यायले खेलमा लागेका ब्यक्ती गलत हुन नसक्ने भन्दै उनिहरु लागु औषध दुब्र्यसनमा पनि नफस्ने दाबी गर्नुभयो । यदि ब्यक्तीले खल तर्फ रुचि नदिए उसको जीवननै अपुरो हुने उहाको तर्क छ । उहाले आफ्नो रुचि अनुसारको खेलमा निरन्तर अभ्यास गर्नपनि सम्पूर्ण खेलाडीलाई आग्रह गर्नुभएको छ । यस्तै कार्यक्रमका अधयक्ष तथा कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले यस्ता प्रतियोगिताले खेलाडीको अन्तरनिहित क्षमता प्रष्फुटन हुने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रम मेयर किरण सिंहको अध्यक्षता, राजदुत उपाध्यायको प्रमुख आतिथ्य, उपमेयर लक्ष्मी गुप्ताको स्वागत मन्तब्य र पदमलाल श्रेष्ठको संचालनमा सम्पन्न भएको हो । फागुन २९ गते सम्म चल्ने प्रतियोगितामा भलिबल, दौड, हाईजम्प, ट्रिपलजम्प, जेभलिन थ्रो, लङजम्प, सटपुट लगायतका प्रतियोगिता हुनेछ । अज पहिलो दिन नगरभित्रका विभन्न सामुदायिक तथा संस्थागत विद्यालयबिच दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा नगरपालिकाभित्र रहेका २१ वटा विद्यालय सहभागी छन् । खेल उद्घाटन पूर्व विभिन्न विद्यालयले मार्चपास गरेका थिए ।
२५ फाल्गुन २०७७ मंगलबार ००:००
114
Shares
प्रतिक्रिया