एजेन्सी ।
इक्वेटोरियल गिनीमा आइतबार भएको शृङ्खलाबद्ध विस्फोटमा परी ९८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या ९८ पुगेको पुष्टि गर्दै अधिकारीहरुले ६०० भन्दा बढी घाइते भएको जानकारी दिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार इक्वेटोरियल गिनीको प्रमुख शहर बाटाको एक सैन्य ब्यारेकनजिकै भएको शृङ्खलाबद्ध विस्फोटमा ६०० भन्दा बढी घाइते भएको र त्यसमध्ये २९९ अस्पतालमा रहेको जनाएका छन् । विस्फोटपछि राष्ट्रपटिले सैनिक ब्यारेकमा राखिएको डाइनामाइटको भण्डारमा भएको लापरबाहीका कारण विस्फोट भएको बताएका छन् ।
राष्ट्रपति तियोदारो ओबियाङ्ग गुएमाले शहरका अधिकांश घर विस्फोटका कारण प्रभावित भएको जनाएको बीबीसीले उल्लेख गरेको छ । घाइतेहरुको उपचारका लागि तीन वटा अस्पतालको व्यवस्था गरिएको छ । ती अस्पतालमा गम्भीर घाइतेहरुको उपचार भइरहेको छ ।
प्रतिक्रिया