१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

सिरियाका राष्ट्रपति दम्पतीलाई कोरोना भाइरस संक्रमण



एजेन्सी ।

सिरियाका राष्ट्रपति बसर अल असद र उनकी श्रीमती अस्मा कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।कोरोना भाइरसबाट सङ्क्रमितहरूलाई देखिने सामान्य लक्षण देखिएपछि परीक्षण गराउँदा राष्ट्रपति दम्पतीमा सङ्क्रमण पुष्टि भएको हो ।

उनीहरू कोरोनाभाइरसबाट सङ्क्रमित भएको सोमबार सरकारी अधिकारीहरूले पनि पुष्टि गरेका छन् ।सम्भावित केही लक्षणहरू देखिएपछि राष्ट्रपति अल असद र उहाँकी श्रीमती अस्माको कोरोना परीक्षण गरिएको हो, त्यसबाट उहाँहरूमा त्यो भाइरस रहेको देखियो, राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

उनीहरूको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको र चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि वक्तव्यमा उल्लेख गरिएको छ ।सिरियामा कोरोना भाइसबाट अहिलेसम्म १५ हजार ९८१ जना सङ्क्रमित भएका छन् भने तीमध्ये अहिलेसम्म एक हजार ६३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७ मंगलबार ००:००  ७ : ०७ बजे