जितपुर ।
अन्तराष्ट्रिय नारी दिवसको अवसरमा मेची महाकाली बुहारी संयुक्त आवाजले विपन्न महिलाको निशुल्क पाठेघर तथा स्मेयर परिक्षण गरेको छ । १११ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा कपिलवस्तु सामुदायिक अस्पतालको संयुक्त सहकार्यमा अति विपन्न परिवारका महिलाको निशुल्क पाठेघर तथा स्मेयर परिक्षण गरिएको संयुक्त आवाजकी जिल्ला सहसंयोजक देवकला सुबेदी (कमाल) ले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य रिना नेपालले महिलाहरु अझैपनि असुरक्षीत रहेको भन्दै महिला सुरक्षाका लागि अब राज्यले पनि विषेश निती लिनुपर्ने र भएका नीतिको कार्यन्वयन गर्नुपर्ने बताउनुभयो । कपिलवस्तुमा अझैपनि बाल बिबाहको समस्या रहेको भन्दै बाल बिबाह न्यूनिकरणका लागि पार्टीगत नभएर सबै एकजुट बन्नुपर्ने बताउनुभयो । यस्तै संयुक्त आवाजकी जिल्ला सहसंयोजक देवकला सुबेदी (कमाल) ले लैंगिक हिंशा न्यूनिकरणका लागि धेरै कार्यक्रमहरु आयोजना गरेपनि घटना भने बढ्दै गएको बताउनुभयो । उहाले नारी दिवसको अवसरमा कुनैपनि र्यालीको आयोजना नगरी विपन्न महिलालाई केहि सहज होस भनेर पाठेघर तथा स्मेयर परिक्षणको कार्यक्रम आयोजना गरिएको बताउनुभयो । बुहारी संयुक्त आवाज बुहारी मात्र नभइ पिडित महिलाहरुको आवाज बोल्ने साझा संस्था भएको बताउनुभयो ।
कार्यक्रम मेची महाकाली बुहारी संयुक्त आवाज कपिलवस्तु अध्यक्ष चन्द्रा अर्यालको अध्यक्षता, उपाध्यक्ष सुस्मा खाणको स्वागत मन्तब्य र अन्जु बन्जाडेको संचालनमा सम्पन्न भएको हो ।
२४ फाल्गुन २०७७ सोमबार ००:००
248
Shares
प्रतिक्रिया