मायादेवी अनलाइन, चारनम्बर ।
लायन्स क्लव अफ कपिलवस्तुले शनिबार बाणगंगा नगरपालिकामा निशुल्क आँखा शिविर सम्पन्न गरेको छ । नगरको वडा नम्बर ९ स्थित शुद्धोधन जनजीवन माविमा गरिएको शिविरबाट २१० जना लाभान्वित भएका छन् ।
क्लवका अध्यक्ष सुरेन्द्र घिमिरे, वडाध्यक्ष धु्रव बेलबासेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा त्यस क्षेत्रका बालबालिकादेखि वृद्धवृद्धासम्मको निशुल्क आँखा परीक्षण भएको थियो । स्वास्थ्यकर्मी विपिन आचार्य, रिया थापा र वीक्रम घिमिरेले आँखा जाँच गरी समस्याबारे जानकारी गराउनु भएको थियो ।
शिविरबाट निकै लाभ लिएको भन्दै स्थानीयले खुसी पनि ब्यक्त गरेका छन् । कार्यक्रममा जोन चेयर पर्सन कृष्ण केसी, साना किसान सहकारी भलवाडका अध्यक्ष कुमार मधु बेलबासे, समाजसेवी जित विकास रायमाझी र क्लवका पदाधिकारीको सहभागिता थियो । स्थापना कालदेखि नै क्लवले बिभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ ।
प्रतिक्रिया