कपिलवस्तु ।
ह्वील चेयर नभएर हिँडडुल गर्न समस्या भएका कपिलवस्तुका अपाङ्गता भएका व्याक्त्तीले ह्वील चेयर पाए पछि खुसी भएका छन् । बाल अपाङ्ग टेवा संस्थाले शनीवार २३ जना अपाङ्ता भएकालाई ह्वीलचेयर वितरण गरेको छ । बुद्धभुमी नगरपालिका २ गोरुसिङ्गेमा आयोजित एक कार्यक्रमका विच नगरप्रमुख केशव कुमार श्रेष्ठले ह्वील चेयर बितरण गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै मेयर केशव कुमार श्रेष्ठले अपाङ्गता भएका नागरीकको जीवन स्तर उकास्न स्थानीय सरकारले ध्यान दिएको बताउनुभयो । उहाले नगरपालिकाले आफै पनि ह्वील चेयर नपाएकालाई तत्काल बितरण गर्ने तयारी समेत भएकोे बताउनु भयो । यस्तै ह्वील चेयर बितरण गर्ने संस्था बाल अपाङ्ग टेवा संस्थाका अध्यक्ष डेण्डी शेर्पाले देस भरी बाट ४० हजारको हाराहारीमा हवील चेयर माग भएको बताउनुभयो । संस्थासँग आर्थिक स्रोत न्यून भएको कारणले माग भए अनुसार पुराउन नसकिएको उहाको भनाई छ । उहाले अपाङ्ता भएकालाई राज्यले सहयोग गर्नु पर्ने बताउनुभयो । अपाङ्गता भएका व्याक्तीलाई हेला नहोस भनी स्थानीय सरकारको सहयोगमा संस्था सँग सम्पर्क गरी ह्वील चेयर वितरण गर्न सम्भव भएको सगरमाथा आरोही पहिलो दलित महिला ज्ञानमाला रन्पालको भनाई छ ।
प्रतिक्रिया