८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

शुद्ध भन्दै नक्कली मह बेच्ने बाँकेका २ महिला बाणगंगाबाट नियन्त्रणमा



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा अवैध महको कारोबारमा संलग्न २ महिला नियन्त्रणमा आएका छन् । शुद्ध मह भनेर अखाद्ध पदार्थ मिसावट गरी बनाइएको मह विक्रिवितरण गरिरहेको अवस्थामा वडा नम्बर ४ दर्खास्तबाट शुक्रबार विहान नियन्त्रणमा लिइएको हो ।

सर्वसाधारणको सूचनाको आधारमा नेपाल मौरी पालक कृषक महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष राम हरी शर्मा र सचिव लिलापति घिमिरेसहितको टोली र इलाका प्रहरी कार्यालय पिपराको टोलीले मह बेच्दाबेच्दैको अवस्थामा सुर्खेत घर बताउने २ महिलालाई करिब २५ किलो महसहित(अवैध) नियन्त्रणमा लिइएको बताइएको छ ।

। महासंघका अध्यक्ष शर्माले ती महिलाहरु अखाद्ध मह विक्रिवितरण गर्ने गिरोहमध्यकै भएको बताउनु भयो । उहाँहले उनीहरुमथि सोधपुछ गरी श्रोत पत्ता लगाउन प्रहरीलाई भन्नु भएको छ । यतो प्रहरीले भने पक्राऊ परेकाहरु सामान्य नागरिक भएको बताएको छ ।

प्रहरी निरिक्षक (इन्स्पेक्टर) दिनेश गुरुङले पक्राउ परेका सामान्य महिला भएको र उनीहरुले चिनी मिसाएर विक्रि गरिरहेको स्विकारेकाले थप सोधपुछपछि छाडिने बताउनु भयो । उनीहरुले डब्बामा मह प्याक गरी बेच्ने गरेका महासंघले जनाएको छ । महासंघका सचिव घिमिरेले शुद्ध मह भन्दै महंगोमा अशुद्ध मह बेच्ने गिरोहदेखि सावधान रहन उपभोक्तालाई आग्रह गर्नुभयो ।

खानै नहुने गरी बनाइएको नक्कली मह निकै महंगोमा बेच्ने गरेको घिमिरेले बताउनु भयो । सुरुमा किलोको १५ सय रुपैयाँसम्म भन्ने र बार्गेनिङ गर्दा उनीहरुले २ सय र ३ सय रुपैयाँसम्म पनि बेच्ने गरेको आफूहरुले नै पाएको घिमिरेले मायादेवीसंग बताउनु भयो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७ शनिबार ००:००  १० : २९ बजे