८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

घुस लिएको आरोपमा पर्यटन विकास आयोजनाका सवइन्जिनियर पक्राउ



काठमाडौं ।
घुस लिएको आरोपमा बागमती प्रदेशअन्तर्गत मकवानपुरको हेटौंडास्थित पर्यटन विकास आयोजनाका सवइन्जिनियर नेत्रप्रसाद लामिछाने पक्राउ परेका छन् ।
सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
सवइन्जिनियर लामिछानेले निर्माण कार्य सम्पन्न पश्चात धरौटी रकम भुक्तानी दिने क्रममा सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा आयोगको टोलीले नियन्त्रणमा लिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । कार्यालय परिसरबाटै पक्राउ परेका लामिछानेमाथि आयोगले थप अनुसन्धान गरिरहेको प्रवक्ता रिसालले बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७ शुक्रबार ००:००  ३ : २४ बजे