८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

गुल्मीमा जापानको सहयोगमा चार कोठे विद्यालय भवन निर्माण



गुल्मी ।

जापानको सहयोगमा गुल्मीमा चार कोठे विद्यालय भवन निर्माण भएको छ । मुसिकोट नगरपालिका–२ स्थित नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयको नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
नेपालस्थित जापानी राजदूतावासका फस्ट सेक्रेटरी मिया मोतो केन्तरे र प्रोजेक्ट म्यानेजर नाउरो काटेले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदनदिप घिमिरेलाई नवनिर्मित भवनको चाबी हस्तान्तरण गरेका थिए ।
जापानी संस्था सीजीपी को आर्थिक सहयोगमा विद्यालय भवन निर्माण गरिएको हो । ०७५ फागुनमा न्यु लिजा कन्ट्रक्सनले ८५ लाख ८३ हजारको लागतमा विद्यालय भवन निर्माणको जिम्मा लिएको थियो ।
विद्यालयले आगामी वर्षदेखि सीटीभीटीमार्फत कृषि प्राविधिक शिक्षा सञ्चालनको योजना बनाएको विव्यस अध्यक्ष घिमिरेले बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७ शुक्रबार ००:००  १ : ०७ बजे