मायादेवी अनलाइन, चारनम्बर ।
संगितकर्मी संघ लुम्बिनी प्रदेशको अध्यक्षमा कपिलवस्तुका लोक तथा दोहोरी गायक पूर्णचन्द्र परियार चयन हुनु भएको छ । विगत २ दशकदेखि गीत तथा संगितको क्षेत्रमा क्रियाशिल परियारलाई संघको दोश्रो अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ अन्नपूर्ण होटलमा विहिबार भएको अधिवेशनबाट अध्यक्षमा परियारसंगै अन्य महत्वपूर्ण पदमा पनि कपिलवस्तुका कलाकार चयन भएका छन् । १३ सदस्यीय समितिको वरिष्ठ उपाध्यक्ष र महासचिवमा पनि कपिलवस्तुकै भीष्मराज ढुंगाना र सन्तोष विश्वकर्मा चयन हुनुभएको छ । उहाँहरुले विहिबार नै सपथ ग्रहण गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि संगितकर्मी संघका केन्द्रिय महासचिव विक्रम जंगशाहले नयाँ समितिलाई बधाई र शुभकामना दिँदै कलाकारहरुको समस्या, हक र हितमा केन्द्रित रहन सुझाव दिनुभयो । संघको हालसम्म ६६ जिल्लमा समिति बनेको छ । संघको आगामी चैत्र २८ र २९ गते केन्द्रिय महाधिवेशन हुँदै छ ।
प्रतिक्रिया