काठमाडौं ।
नेपाल आयल निगमले इन्धनको मूल्य फेरि वृद्धि गरेको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मटीतेल तथा हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।
नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ११६, डिजेल र मटीतेल ९९ र हवाई इन्धनको ६९ रुपैयाँ पुगेको छ । निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधिको आधारमा मूल्य वृद्धि गर्नुपरेको जनाएको छ ।
माघको अन्तिम साता मूल्य वृद्धि गरेको निगमले फेरि ४ फागुनमा मूल्य वृद्धि गरेको थियो ।
प्रतिक्रिया