मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको चन्द्रौटामा सोमबार झण्डै चार हजार अवैध कुखुराको चल्ला बरामद गरिएको छ । शिवराज नगरपालिका वडा नं. ५ चन्द्रौटास्थित पूर्व पश्चिम राजमार्ग हुँदै प्यूठान जादै गरेको पिकअप जिपबाट वडा प्रहरी कार्यालय चन्द्रौटाले उक्त परिमाणको अवैध चल्ला बरामद गरेको हो ।
प्रहरी निरिक्षक (इन्स्पेक्टर) दिपेश खरेलको टोलीले जिपलाई शंका लागि चेकजाँच गर्दा कागजात नभएको ४९ काटुनमा तीन हजार ८ सय ७६ वटा कुखुराका चल्ला बरामद गरेको जनाइएको छ ।
पक्राउ गरिएको गाडी र चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहिका लागि पशु क्वारेनटाईन कृष्णनगर पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । बरामद कुखुराको मूल्य तीन लाख ८७ हजार ६ सयको रहेको प्रहरीको अनुमान छ ।
प्रतिक्रिया