७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

बैशाखदेखि बढ्ने भयो बैंकको ब्याजदर, मूल्यवृद्धिमा समेत दवाव पर्ने



काठमाण्डौँ ।

बैंकहरुमा लगानीयोग्य रकम साँघुरिँदै गएको छ। माघ लागेदेखि नै संकलित निक्षेपभन्दा कर्जा प्रवाहको दर बढ्दै गएको छ।नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार माघ २ गतेदेखि फागुन १४ गतेसम्म आउँदा २७ वाणिज्य बैंकहरुमा ३० अर्ब रुपैयाँ निक्षेप थपिएकोे छ।

जवकि यसै अवधिमा भएको कर्जा प्रवाह १ खर्ब २६ अर्ब रुपैयाँ छ। निक्षेपभन्दा कर्जा प्रवाह ४।२ गुणा धेरैले बढेको छ। माघ २ गतेसम्म ३७ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा फागुन १४ गतेसम्म ३८ खर्ब ९ अर्ब पुगेको छ। त्यस्तै माघ २ गतेसम्म ३२ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा फागुन १४ गतेसम्म आउँदा ३३ खर्ब ६२ अर्ब पुगेको छ।

हप्तैपिच्छे निक्षेपभन्दा कर्जा प्रवाहको दर बढी छ। पछिल्लो समय आयात बढ्दै जाँदा बाहिरिने रकम बढेको छ। जसले गर्दा बैंकहरुमा लगानीयोग्य रकम साघुरिँदै गएको छ। ‘आयात बढ्दा रकम बाहिरिन्छ, यसले स्वभाविक रुपमा तरलतामा चाप पर्छ’ राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्टले भने ‘तरलतामा परेको चापले ब्याजदर केही माथि जान सक्छ।’राष्ट्र बैंकले ल्याएको दुई नीतिको प्रभावका कारण अहिले बैंकिङ प्रणालीमा केही मात्रामा लगानीयोग्य रकम देखिएको छ।

‘पुनर्कर्जावापत राष्ट्र बैंकले ८४ अर्ब रुपैयाँ प्रवाह गरेको छ भने नगद कोषको अनुपात ९सिआरआर० १ प्रतिशतले घटाउँदा त्यसले थप ४२ अर्ब रुपैयाँ रकम सिर्जना भएको छ’ भट्टले भने ‘यसले समग्रमा १२६ अर्ब रुपैयाँ तरलता सुविधा पुगेको थियो।’तर हाल बैंकिङ प्रणालीमा भने ७० अर्ब रुपैयाँ मात्रै थप लगानीयोग्य रकम छ।

क्रमिक रुपमा यो रकम समेत घट्दै गएको छ।अहिलेसम्म लगानीयोग्य रकमको अभाव भइ नसकेकाले ब्याजदर न्यून छ। अन्तरबैंक ब्याजदर १ प्रतिशतमुनि छ। अहिलेकै दरमा कर्जा प्रवाह बढ्दै जाने हो भने यसले ब्याजदरमा ‘हिट’ गर्ने बैंकर बताउँछन्। ऋणको ब्याजदर बढ्दा त्यसले मूल्यवृद्धिमा समेत दवाव पर्नेछ। अर्कोतर्फ यसले सेयर बजारलाई समेत असर पार्नेछ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७ सोमबार ००:००  ६ : ५७ बजे