काठमाडौं ।
प्रचण्ड–नेपाल पक्षको नेकपाको केन्द्रीय कमिटी बैठक बुधबार बस्ने भएको छ । फागुन १९ गते पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो । प्रचण्डकी स्वकीय सचिव गंगा दाहालका अनुसार फागुन १९ गते दिउँसो १ बजे केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।
प्रतिनिधि सभा पुनर्स्थापना भएपछिको अवस्थाबारे छलफल र निर्णय गर्न केन्द्रीय समितिको बैठक बोलाउने निर्णय उक्त समूहको छ । सोमबार बिहान सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा बसेको उक्त समूहका सचिवालय सदस्यहरूको बैठकले स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएपछि सरकारले फागुन २३ गते दिउँसो ४ बजे बैठक बस्ने गरी संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
प्रतिक्रिया