काठमाडौं ।
आजदेखि सिजनको हिसाबले प्रि–मनसुन सुरु भएको छ । जाडोयामको सिजन सकिएलगत्तै प्रि–मनसुन सुरु भएको हो । मौसमविद्ले मार्च १ तारिखदेखि तीन महिना प्रि–मनसुनको सिजन हुने बताउनुभयो ।
मार्च, अप्रिल र मे महिना प्रि–मनसुनको सिजन हो । यसपछि मनसुन सुरु हुन्छ । प्रि–मनसुनको समयमा दिउँसो र बेलुकाको समयमा धेरै हावाहुरी चल्ने हुन्छ । प्रि–मनसुन सुरु भएको एक/दुई दिनमा नै यसका गतिविधि सुरु नभए पनि बिस्तारै गतिविधि देखिने मौसमविद् निराजन सापकोटाले बताउनुभयो ।
उहाँकाअनुसार विशेषगरी यो सिजनमा आगलागीका घटना धेरै हुने गर्छन् । यस्तै, यो सिजनमा मेघगर्जनसहित चट्याङ्ग पर्ने हुँदा मानवीय क्षति हुने जोखिम पनि उतिकै रहन्छ । प्रि–मनसुनमा हावाहुरीसहित असिना पानी पर्ने पनि हुन्छ ।
सिजनका हिसाबले यसपालिको जाडोयाम सकिएको छ । डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई जाडोयाम मानिन्छ । यसपालिको जाडोयाममा पानी निकै कम परेको छ ।
प्रतिक्रिया