मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बाणगंगा १ बुङ्चीमा जारी प्रथम सूर्योदय खुल्ला फुटवल प्रतियोगिताको आज दोश्रो सेमिफाइनल खेल हुँदै छ । दिउसो २ बजे सिद्धार्थ रंगशालामा हुने खेलमा न्यू युथ युनियन पाल्पा र भैरव एफसी नवलपरासी भीँड्ने छन् । दुई टोलीबीचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । यी २ टोलीको विजेताले उपाधिको लागि आयोजकसंग पर्सी प्रतिस्पर्धा गर्ने छ ।
यसअघि हिजो भएको पहिलो सेमिफाइनल खेलमा रुपन्देही रुद्रपुरको हिमालय जनशक्ति विकास केन्द्रलाई २–० ले स्तब्ध आयोजक सूर्योदय उपाधि नजिक पुगेको छ । प्रतियोगिताको विजेताले नगद रु १ लाख १ हजार १ सय ११ पाउने छ भने उपविजेता टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छ ।
प्रतिक्रिया