मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा अबैध रुपमा बालुवा चोरी गर्ने १० ट्याक्टरलाई प्रहरीले आइतबार साँझ नियन्त्रणमा लिएको छ ।
जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं. १० विजगौरीबाट सर्त विपरित बालुवा चोर्ने १० ट्याक्टरलाई वडा प्रहरी कार्यालय तौलिहवाले पक्राउ गरेको हो ।
प्रहरी नायव निरिक्षक अभय रावतको कमाण्डमा खटिएको उक्त टोलीले डेरुवा पुल नजिकको ५ सय मिटर भित्र सर्त विपरित बालुवा उत्खनन गरेको आरोपमा ट्याक्टर नियन्त्रणमा लिएको बताइएको छ ।
पुलको ५ सय मिटर आसपास नदीजन्य पदार्थ उत्खनन गर्न कानुनले दिदैंन् ।
पक्राउ परेका ट्याक्टरलाई जिल्ला समन्वय समिति कपिलवस्तुमा नियम अनुसार जरिवानाका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रतिक्रिया