४ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025

१४ वर्षीय किशोरबाट चार बालिका बालात्कृत



बर्दिया ।
बर्दियामा एक १४ वर्षीय किशोरबाट चार बालिका बलात्कृत भएको घटना एक हप्तापछि सार्वजनिक भएको छ। बाँसगढी नगरपालिकाका चार जना बालिकाको हातखुट्टा बाँधेर बलात्कार गरिएको घटना एक हप्तापछि सार्वजनिक भएको हो।

विद्यालयबाट फर्किएर बाटोमा खेलिरहेका पाँच–पाँच वर्षीय दुई ६ र आठ वर्षीया बालिकालाई ति किशोरले बलात्कार गरेको पीडित परिवारले जानकारी दिएका छन्।

किशोरले कसैलाई नभन्न धम्की दिएपछि बालिकाहरूले घटना लुकाएको खुलेका छ। पीडित एक बालिकाले घटनाबारे अभिभावकलाई बताएपछि घटना बाहिरिएको हो। बालिकाका अभिभावकहरूले इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन्।

उजुरी पछि आरोपी किशोरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। बालिकाका आफन्तले प्रहरीले अनुसन्धानमा ढिलासुस्ती गरेको आरोप लगाएका छन्। जिल्लास्थित मानव अधिकारकर्मी लगायत सरोकारवालाहरूले घटनाको सत्यतथ्य छानविन गरि दोषीलाई कडा कारबाहीको माग गरेका छन्।

प्रकाशित मिति : १६ फाल्गुन २०७७ आइतबार ००:००  ५ : ४३ बजे