१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

सडक खन्दा खसेको ढुंगाले लागेर एकको मृत्यु



रुकुम पूर्व ।
रुकुम पश्चिममा सडक खन्दा खसेको ढुंगाले लागेर एकजनाको मृत्यु भएको छ। बाख्रा चराउन जंगल गएका त्रिवेणी गाउँपालिका–५ का ५७ वर्षीय झुपलाल ओलीको सडक निर्माणका क्रममा खसेको ढुंगाले लागेर मृत्यु भएको हो।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सेतेओढार–गलगले–तल्लाचौर सडक निर्माणको क्रममा खसेको ढुंगाले लागेर खालीटोलका ओलीको शनिबार मृत्यु भएको हो।

सडकभन्दा करिब १०० मिटर तल रहेका ओलीको टाउकोमा ढुंगा लागेको र घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष खडकबहादुर घर्तीले जानकारी दिए।

प्रकाशित मिति : १६ फाल्गुन २०७७ आइतबार ००:००  ५ : ०० बजे