मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बाणगंगा नगर जारी प्रथम सूर्योदय कप फुटवल प्रतियोगितामा अन्तिम क्ववाटर फाइनल खेल हुँदै छ ।
वडा नम्बर १ बुङ्चीस्थित सिद्धार्थ रंगशालामा दिउसो २ बजे हुने खेलमा आयोजक सूर्योदय सामाजिक विकास संस्था र हिमालय जनशक्ति रुद्रपुर भीँड्न लागेका हुन् । यी २ टोलीको जिेतापछि अत्निम चारमा पुग्ने टोलीको टुङ्गो लाग्ने अध्यक्ष सरोज सेनले बताउनु भयो ।
कपिलवस्तुबाट प्रतिनिधित्व गर्ने युनाइटेड कपिलवस्तु, कोब्रा गाइज र राइजिङ स्टार चन्द्रौटा पराजित भई घर फर्किसकेका छन् ।
अब कपिलवस्तुको साख जोगाउन आयोजकलाई आज जित्नै पर्ने दबाब छ । अर्को तर्फ हजारौँ घरेलु दर्शकलाई निरास नबनाउन पनि सूर्योदय सामु जितको विकलप हुने छैन । यो टोलीलाई उपाधिको दावेदार मानिएको छ ।
उता छिमेकी हिमालय जनशक्ति रुद्रपुरले पनि यसअघिको खेलमा उत्कृष्ट खेल खेलेकाले पराजित गर्न हम्य हम्य नै हुने देखिन्छ । यी दुवै टिममा राम्रा खेलाडी भएकाले खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।
प्रतियोगितामा १२ टोलीले भाग लिएका थिए । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ र उपविजेताले नगद ५५ हजार ५ सय ५५ पाउने छन् ।
प्रतिक्रिया