मायादेवी अनलाइन, चारनम्बर ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सम्पन्न ‘दोस्रो तिलोत्तमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता’ वडा नम्बर ८ प्रदिपनगरमा रहेको कुँवरवर्ति इङ्लिस बोर्डिङ स्कुलले जितेको छ । कुँवरवर्तिले कुल ९ स्वर्ण, २ कास्य र ३ रजत पदक प्राप्त गरि रनिंग शिल्ड आफ्नो पोल्टामा पारेको हो ।
नगर खेलकुद बिकास समितिले आयोजना गरेको प्रतियोगितामा सुरुदेखि नै बर्चस्व जमाएको कुँवरवर्तिले अन्तिम नतिजासम्म पनि अरुलाई हावी हुन दिएन । प्रतियोगितामा ६ स्वर्ण र ४ रजतसहित शान्ति नमुना दोश्रो बन्दा ५ स्वर्ण र १ रजत पदक जितेको सेन्ट जोसेफ भलवारी तेश्रो स्थान हासिल गर्न सफल भएको थियो । विजयीहरुलाई नगरउपप्रमुख जागेश्वरीदेवी चौधरीले पुरस्कार प्रदान गर्नुभएको थियो ।
जित हासिल गरेसंगै विद्यालयले खुसी पनि मनाएको छ । विद्यालयका अध्यक्ष लक्ष्मण खनाल र प्राचार्य दीपक खनालले खेलाडीहरुलाई बधाई र धन्यबाद दिनुभयो ।
विद्यालय तिलोत्तमाको शान बनेको भन्दै उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी, लगनशील र मेहनती प्रशिक्षक, शिक्षक, कर्मचारी र विद्यालय परिवारलाई धन्यबाद दिँदै खेलाडीलाई हौसला दिई र सकरात्मक साथ अभिभावकलाई पनि उहाँहरुले धन्यबाद दिनुभयो ।
प्रतिक्रिया