८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

बाणगंगाको राष्ट्रपति रनिङ्ग शिल्डः दोश्रो दिनसम्म १५ स्वर्णसहित हेमराज अगाडि



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा विहीबारबाट सुरु भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा दोश्रो दिन (शुक्रबार) पनि बिभिन्न खेल भएका छन् ।

वडा नम्बर २ पिपरास्थित जनता नमुना मध्यामिक बिद्यालयमा भएको खेलमा शुक्रबार एथलेटिक्स, कबड्डी, भलिवल, हाइजम्प, लङजम्प लगायतका खेल सम्पन्न भएका हुन् । शुक्रबारसम्म हेमराज मावि हथौसा १५ स्वर्णसहित अगाडि रहेको छ ।

एथलेटिक्स अन्तर्गत भएको छात्रछात्रा ३ हजार मिटर दौडमा हेमराज मावि हथौसा र श्रीमावि झण्डाले स्वर्ण जितेका छन् । विहान सम्पन्न छात्रा दौडमा हेमराजकी ११ बर्षीया रिना थारुले निर्धारित दुरी १२ मिनेट ५० सेकेन्डमा पुरा गरी स्वर्ण जितिन् ।

छात्रतर्फको दौडमा भने झण्डाका मनोज आचार्यले १० मिनेट २९ सेकेन्डमा निर्धारित दुरी पार गर्दै स्वर्ण जित्न सफल भए ।

शुक्रबार नै भएको भलिवलमा जनता मावि, बाणगंगा मावि लौगाई, सूर्योदय मावि वरवा, होराइजन मावि विजयी भएका छन् ।

यस्तै लङजम्पमा हिलवर्ट (छात्र) बोर्डिङ पिपरा प्रथम हुँदा चिल्ड्रेन प्याराडाइज दोश्रो हुँदा हेमराज मावि हथौसा तेश्रो भयो ।

यस्तै छात्रा हाइजम्पमा बाणगंगा मावि गजेहडा प्रथम, जनता दोश्रो र जनज्योति मोतिपुर तेश्रो भयो । छात्रा तर्फ भने हेमराज प्रथम, जनता दोश्रो र वरवा तेश्रो भयो ।

यता त्रिपलजम्प (छात्र) मा भने वरवा प्रथम, सूर्योदय दोश्रो र महेन्द्र मावि कोपवा तेश्रो भयो । छात्रातर्फ हथौसा प्रथम, कोपवा दोश्रो र मोतिपुर तेश्रो हुन सफल भएको नगरका शिक्षा युवा तर्फ खेलकुद शाखाका अधिकृत खिम बहादुर जिसीले जानकारी दिनुभयो ।

कवड्डीमा पनि हेमराज नै प्रथम भई स्वर्ण जित्न सफल भएको छ । उसले हथौसा माविमाथि जित हासिल गरेको थियो ।

प्रतियोगिताका संयोजक मिन प्रसाद पोख्रेलका अनुसार शनिबार पनि बिभिन्न खेलहरु हुने छन् । प्रतियोगिताको विहीबार भव्य समारोहकाबीच नगर प्रमुख मंगल थारुले उद्घाटन गर्नु भएको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७ शुक्रबार ००:००  ७ : ३१ बजे