बुटवल ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको फैसला गरेको खुसीयालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बुटवलमा विजय ¥याली निकालेको छ ।
बुटवलको राजमार्ग चौराहाबाट शुरू भएको बाजागाजा सहितको विजय जुलुसले नगर परिक्रमा गरेपछि ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई नेकपा रुपन्देहीका अध्यक्ष राजु गुरुङ, केन्द्रीय सदस्य वामदेव क्षेत्री लगायतका वक्ताले सम्बोधन गरेका थिए ।
जुलुसमा सहभागी नेकपाका कार्यकर्ताहरूले यो जित कसको जनताको, प्रतिगामी प्रधानमन्त्री राजीनामा दे, लोकतन्त्र जिन्दावाद जस्ता नारा लगाएका थिए ।
नेकपा प्रचण्ड–नेपाल समुहले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको फैसला गरेसँगै बुटवल र यस आसपासको क्षेत्रमा मंगलवार साँझ नै दिपावली पनि गरेका थिए ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि प्रचण्ड–नेपाल समूहले विरोध गर्दै आएको थियो ।
सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि सो समूहले देशभर खुसीयाली मनाइरहेको छ ।
प्रतिक्रिया