९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तुमा पहिलो र दोस्रो चरणको खोप लगाउने कार्य सकियो



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुमा कोरोना बिरुद्धको पहिलो र दोस्रो चरणको खोप लगाउने कार्य सम्पन्न भएको छ । पहिलो र दोस्रो चरणको अभियान अन्र्तगत अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, सफाइकर्मी, एम्बुलेन्स चालक, कारागारका कैदीबन्दी, पत्रकार, जनप्रतिनिधि, सुरक्षाकर्मी गरी ६ हजारले खोप लगाएको कपिलवस्तु अस्पतालका डाक्टर गणेश क्षेत्रीले जानकारी दिनुभयो ।

खोप लगाएका अधिकांश मध्ये केहीलाई मात्र सामान्य रिगटा, ज्वरो आउने, थकान महसुस हुने बाहेक अन्य कसैलाई केही नभएकाले ढुक्कसँग खोप लगाउन अस्पतालका मेडिकल सुपरिटेन्डेन किशोर बन्जाडेले आग्रह गर्नुभयो ।

आगामी फागुन २३ गतेबाट तेस्रो चरणको अभियान शुरु हुने स्वास्थ्यका अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७ आइतबार ००:००  ७ : ४८ बजे